राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्वलाई मन्त्रीद्वारा बधाई ज्ञापन

 

पुस २६, ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मन्त्री अर्यालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउने उदेश्यले राष्ट्रिय सहकारी बैंकसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई मंगलवार आफ्नै निवासमा वधाई ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् । देशलाई समाजवादतर्फ लैजानका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने भएकाले देशभरका सहकारीलाई सक्षम बनाउनका लागि मन्त्रालयले सहकारी बैंकसंग समन्वय गरेर काम गर्ने उनले बताए । 

null

देशभर सञ्जाल भएको र वित्तीय रुपमा समेत सक्षम बन्दै गएको सहकारी बैंक र मन्त्रालयबीच समन्वय गरी मुलुकभरका सहकारीहरुलाई उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा केन्द्रीत गरिने मन्त्री अर्यालको भनाइ छ । सहकारी मन्त्री अर्यालले बैंकका सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै ४ वर्षे कार्यकालमा सहकारी क्षेत्रलाई समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्ने गरी क्रियाशिल हुन सुझाव दिएको बैंकका सञ्चालक रामबहादुर जि.सी.ले जानकारी दिए । वधाई ग्रहण पछि बोल्दै राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले सहकारीहरुलाई शिक्षा तालिम, प्रविधि र वित्तीय सहयोग दिन सकेमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीको भूमिका प्रभावकारी हुने धारणा राखेका थिए । उनले राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने सम्पूर्ण बजेट सहकारी बैंकमार्फत परिचालन गर्ने निती बनाएर अगाडि बढ्नु पर्ने सुझाव समेत दिएका थिए । सहकारीलाई सक्षम बनाउनका लागि बैंक निरन्तर लागि परेको भन्दै उनले सरकारसँग समन्वय गरेर अगाडि बढ्न बैंकको वर्तमान सञ्चालक समिति प्रतिवद्ध रहेको बताए । बैंकको वर्तमान सञ्चालक समितिमा भूगोल, समावेशी नेतृत्व रहेको जानकारी गराउदै उनले देशव्यापी रुपमा सहकारी अभियानलाई अगाडि बढ्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *