म्यानपावर व्यवसायीद्वारा कामदारको उडान ठप्प, टिकट काट्न बन्द

 

जेठ १७, काठमाडौं । म्यानपावर व्यावसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प पारेका छन् । 

आफ्नो माग पुरा नभएको भन्दै म्यानपावर व्यावसायीहरुले एक हप्तासम्म वैदेशिक रोजगारमा जाने कामदारको हवाई टिकट काट्न बन्द गरेका हुन् । एक हप्तासम्म पनि माग पूरा नभए अनिश्चितकालीन उडान ठप्प गर्ने उनीहरुको चेतावनी छ । 

null

गत जेठ ३ गते वैदेशिक रोजगार व्यवसायीहरुले बृहत् भेला गरी सरकारसामु ५ बुँदे माग सारेका थिए । सरकारले उक्त मागको वेवास्ता गरेपछि यस्तो निर्णय लिनु परेको संघका वर्तमान महासचिव नरेश गेलालले बताए । 

व्यावसायीहरुले आफूले राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था सरकारले गर्नुपर्ने, मर्जर हुने म्यानपावर कम्पनीहरूलाई उपयुक्त सुविधाको व्यवस्था गर्नुपर्ने, मलेसिया रोजगारी सुचारु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गरी नयाँ कामदार पठाउनुपर्ने लगायतका मागहरु राखेका थिए । 

  

 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *