बूढानीलकण्ठ जग्गा कीर्ते प्रकरणः चाबहिल मालपोतका प्रमुखसहित १६ विरुद्ध भष्टाचार मुद्दा

 

पुस ९, काठमाडौँ । बूढानीलकण्ठ जग्गा कीर्ते प्रकरण अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका ३ अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नक्कली जग्गाधनी खडा गरी जग्गा खरिद बिक्री गरेको आरोपमा अख्तियारले मालपोत कार्यालय चाबहिलका प्रमुखसहित ६ जना कर्मचारी, अर्थ कवच तथा बचत ऋण सहकारी संस्थाका निर्देशक र प्रबन्ध निर्देशक तथा जग्गा बिक्री गर्ने राजु थापा मगर र सानिमा बैंक एकान्तकुनाका ट्रेलर सनिश सापकोटा विरुद्ध मुद्दा दायर गरेको हो । 

null

बूढानीलकण्ठका चन्दनकृष्ण कायस्थको नाममा रहेको २ रोपनी ८ आना जग्गा मालपोत कार्यालय चाबहिलका कर्मचारीहरूको मिलेमतोमा नक्कली जग्गाधनी प्रमाणपूर्जा निर्माण गरी हस्तान्तरण गरेको अनुसन्धानमा खुल्न आएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरुसँग जनही ६ करोड बिगो माग दाबी गरिएको छ । 

मालपोत कार्यालय चाबहिलका प्रमुख अधिकृत कमलप्रसाद तिमल्सिना, अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, रामप्रसाद सुवेदी, टाइपिष्ट नासु जमुनाकुमारी श्रेष्ठ र कार्यालय सहयोगी हरि खड्कामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

त्यस्तै अख्तियारले कार्यालय सहयोगी चन्दकृष्ण कायस्थ भन्ने राजु थापा मगर, सानुभाइ भन्ने सानेभाई श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल मोक्तान भन्ने भुपालसिंह तामाङ, धुव्रप्रसाद भट्टराई र प्रदीपप्रसाद गौतममाथि पनि मुद्दा दायर गरेको छ । 

अख्तियारले अर्थ कवच तथा बचत ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गा प्रसाद ढुङ्गेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापालाई पनि विपक्षी बनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *