श्रीमती, सासुका नाममा भ्रष्टाचार गर्दै सम्पत्ति जाेड्ने यातायात ब्यवस्था कार्यालय काेशीका लेखापाल विरूद्ध मुद्दा दायर

बैशाख २३, काठमाडौं । करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोशीका निलम्बित लेखापाल (नायव सुब्बा) सुरेश अधिकारीविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  

पदीय मर्यादा विपरित कार्य गरी गैरकानुनी रुपमा करोडौं सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले अधिकारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । यातायात ब्यवस्था कार्यालय कोशी इटहरीको लेखापाल हुँदा करोडौं रुपैंया भ्रष्टाचार गरेका थिए । 

अधिकारीले आर्जन गरेको करोडौं रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनी वि.सं. २०५९ देखि ६० सम्म रोल्पाको तेवाङ्ग गाविसमा सचिव थिए  । त्यसपछि २०६० देखि २०६५ सम्म उनी नेपाल टेलिकमको सहायक तह ४ को पदमा कार्यरत थिए । टेलिकमपछि उनी निजामती सेवामा छिरेका थिए । 

null

 

लेखापाल पदमा नियुक्ति भई उनी कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर पुगेका थिए । भोजपुरबाट सरुवा भइ झरेका उनी २०६७ देखि २०७४ सम्म यातायात व्यवस्था कार्यालय कोशी, इटहरीमा लेखापालको पदमा कार्यरत रहेका थिए । 

२०७४ बैशाख ६ गते निलम्बनमा परेका अधिकारीको २०५९ देखि २०७५ सम्म आयआर्जन र सम्पत्तिको अनुसन्धान गर्दा तलव प्रोत्साहन भत्ता जग्गा विक्री नगद अंश भर्पाइ र कर्जासहितबाट जम्मा ८८ लाख ३४ हजार ८ सय देखिएको छ । 

त्यही अवधिमा अधिकारीले आफ्नो र चार श्रीमतीको नाममा सम्पत्ति जोडेका थिए । श्रीमतीहरु दुर्गा अधिकारी दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी र सोममाया श्रेष्ठको नाममा सम्पत्ति लुकाएको खुलेको छ । 

अधिकारीले सासू पुष्प कुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा जोडेको र लगानी गरेको चल अचल सम्पत्ति ५ करोड ९८ लाख ६८ हजार ५ सय देखिएको अख्तियारले जनाएको छ । अख्तियारले उनको वैध आम्दानी ८८ लाख ३४ हजार ८ सय रुयैयाँको तुलनामा ५ करोड १० लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको स्रोत नखुलेको जनाएको छ । 

 

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार सरकारी जागिरे भएपछि कमाएको सम्पत्तिको स्रोत उनले पुष्टि गर्न सकेनन् । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुने भन्दै अधिकारी विरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय रुपैयाँ बिगो कायम गरी कैद सजाय र त्यही रकम बरावरको सम्पत्ति जफत गर्न मागसहित मुद्दा दायर गरेको हो । 

यसैगरी अधिकारीसहित उनका चारैजना श्रीमती, सासू र मामासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यालयको करोडौं राजश्व हिनामिना गरेर विलासी जीवनशैली बिताउदै आएका अधिकारीको कर्तुत खुलेपछि फरार भएका थिए । दुई वर्षअघि उनलाई काठमाडौं रानीबारीबाट प्रहरीले पक्राउ गरेको थियो । लेखापाल अधिकारीको जिबनशैलीले पनि निकै चर्चा पाएको थियो । अधिकारीसहितको कर्मचारी समुहले नेता, बैंकलाई प्रभावमा पारेर तीन वर्षमा ५७ करोड रुपैया हिनामिना गरेको तथ्य खुलेको थियो ।  

मासिक ३० हजार रुपैया तलब नपाउने अधिकारीले यातायातको राजस्व हिनामिना गरेर मासिक १३ लाख रुपैया कमाउँथे । त्यो भनेको घण्टाको सात हजार रुपैयाभन्दा बढी थियो । इमान्दारीतापूर्वक कमाएर जीवनभर एउटा घर मुस्किलले जोड्न सक्ने हजारौं सरकारी कर्मचारीहरुभन्दा उनी अब्बल निस्के । उनीसँग अरब भन्दा बढिको सम्पत्ति रहेको देखिएको थियो । उनको इटहरी, काठमाडौ तथा विराटनगरमा घर छ । कति घर छन्, यकिन छैन, तर ती घरहरु उनले अर्कैको नाममा राखेको बताइन्छ ।  

उनकी श्रीमती नै चार वटी छन् । जसमध्ये एक सुजु क्षेत्री सँग अधिकारी इटहरीमा बस्ने गर्दथे । अधिकारीले गाडी मात्र एक करोड माथि पर्ने चढ्दै आएका थिए । व्यापारीदेखि उच्च तहका नेतालाई समेत पाल्दै आएका अधिकारीले योजनाबद्ध रुपमा भ्रष्टाचार गर्दथे । इटहरीस्थित यातायात कार्यालयलाई तीन वर्षसम्म लैनो गाई झै दुहेर उठेको राजस्व कुम्ल्याएका अधिकारीले इटहरी आवास क्षेत्रको घरमा डान्सबार र डिस्को समेत थियो । 

कर्मचारीहरुको संलग्नतामा ४७ करोड रुपैया राजस्व हिनामिना भएको पाइएपछि तीन वर्षयताका सबै कार्यालय प्रमुख, लेखा अधिकृत, लेखापाल र राजस्वका सुब्बालाई छानविन गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *