‘राष्ट्रिय जागरण अभियान’ सफल पार्न तरुण दलको सक्रिय समर्थन

बैशाख ५, काठमाडौं । सरकारको अधिनयाकवाद विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्न लागेको जागरण अभियानमा नेपाल तरुण दलले साथ दिने भएको छ । 

 

कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’मा सक्रिय रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । तरुण दलका महासचिब भूपेन्द्र शाहीले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै जागरण अभियानलाई व्यापक र प्रभावकारी बनाउन सम्पूर्ण तरुणहरुलाई निर्देशन दिएका छन् । 

null

शाहीले पार्टीको अभियानलाई सफल बनाउन नेपाल तरुण दलको प्रमुख भूमिका रहनुपर्ने भन्दै तरुण दलका सबै जिल्ला समितिलाई सक्रिय रुपमा सहभागी हुन निर्देशन दिएका छन् । ‘ओली सरकारको तानाशाही प्रवृत्ति र अधिनायकवादका विरुद्ध पार्टीले चालेको जस्तो सुकै कार्यक्रम सफल बनाउन तरुण दलको मुख्य भूमिका रहने भएकोले सबै तह र तप्काका तरुणहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्दछु ।’ महासचिब शाहीले मकालु खबरसँग भने । 

पार्टीको घोषित जागरण अभियानमा व्यापक रुपले तरुण परिचालन गरी अभियानलाई सफल बनाउन निर्देशन दिइएको छ । पार्टीले बैशाख १८ गते मे दिवसका दिनदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *