आज देशभर वर्षा र हिमपात, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

फागुन २४, काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशका आधिकांश स्थानको मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली भएको छ भने बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली रहेको छ ।   

देशको पश्चिमी भू-भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको छ । केहि स्थानहरुमा चट्याङ्/हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।   

यस्तो छ तीन दिनको पूर्वानुमान  :- 

null

फागुन २४गते (शनिबार) 

दिउँसोः देशभर सामान्यबदली रहीदेशकाकेही स्थानहरुमामेघगर्जन/चट्याङ्/हावाहुरी/असिनासहितवर्षाकोसम्भावना रहेको छ । उच्च पहाडीतथा हिमालीभू-भागकाकेहीस्थानहरुमाहल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहने । देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङ/सहित वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागकाथोरैस्थानहरुमा हल्काहिमपातको सम्भावना छ ।  

फागुन २५गते (आइतबार) 

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्यबदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

फागुन २६गते (सोमबार) 

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्यबदली रहीमध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रहीबाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *