‘सीको स्वागत गर्न माइतीघरमा अनिवार्य आउनू’ निजामती कर्मचारीलाई सरकारी उर्दी

असोज २५, काठमाडौं । आज शनिबार काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई अनिवार्य सडकमा खटिन सरकारले उर्दी जारी जारेको छ ।   

राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्ने तय भएको छ । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ स् १५ बजे आउन भनिएको छ । 

सबै मन्त्रालयलाई १०० जना कर्मचारी ल्याउनपर्ने कोटा तोकिएको छ । मन्त्रालयहरुलाई कर्मचारी राख्ने आ–आफ्नो ठाउँ समेत तोकिएको छ । तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको छ ।  

Image result for तिनकुनेमा स्वागत

सरकारले दशैंको मुखमा कर्मचारीलाई उर्दी नै जारी गरे जसरी सडकमा बोलाउँदा केहि कर्मचारीहरु असन्तुष्ठ भएका छन् ।  अर्थ, सञ्चार र सामान्य प्रशासनका केही कर्मचारीले सरकारी यो निर्णयले निरंकुश राणा शासनको झल्को दिएको बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *