एकदिवसीय र टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलि आज स्वदेश फर्कदै
काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलि आज स्वदेश फर्कदै छ। नेपाली टोली फ्लाई दुबई विमानबाट अपरान्ह ३:२० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज समान २-१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।
नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो ।
null
आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-त्व्नती२० सिरिजमा कब्जा जमाउन सफल भएको हो ।