नेकपाको शपथ ग्रहणमा झडप, प्रहरीको लाठीचार्जबाट कमिटी सदस्य घाइते
भाद्र २४, जनकपुरधाम । महोत्तरीको बर्दिबासमा नेकपाको शपथ ग्रहण समारोहमा नेता कार्यकर्ताबीच झडप भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा झडप भएको हो ।
उक्त झडपमा परी प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य सप्तरीको राजविराज नगरपालिका– ८ का देवनाथ यादव घाइते भएका छन् । उनलाई प्रहरीले लाठीचार्ज गर्दा टाउकाेमा चाेट लागि घाइते भएका हुन् ।
उक्त शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भए पनि पार्टी भित्रकै विवादका कारण सहभागी नभएको जानकारी आएको छ ।
नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुसँग काखा पाखा गरेर आफ्नो आसेपासेलाई प्राथमिकता दिएर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्ट पक्षहरुले शपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आईरहेका उनीहरुले चेतावनीका दिँदा पनि शपथग्रहण कार्यक्रम गराएपछी झडप भएको हो ।