हिन्दू धर्मशास्त्र नसच्याए परित्याग गर्नुपर्छः बाबुराम भट्टराई

भदौ १९, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले हिन्दू धर्मकै कारण दलित वर्ग पछाडी परेको टिप्पणी गरेका छन् ।   

समता फाउण्डेशनले बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको भेला उद्घाटन समारोहमा उनले हिन्दू धर्मले जातप्रथा जन्माएको बताए ।   

जातीय विभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र रहेको उनको भनाइ छ । भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले भने, ‘हिन्दू धर्मले जातप्रथा जन्माएको हो । जातीय विभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र हो ।’ 

Image result for बाबुराम भट्टराई

उनले अम्बेडकरको प्रसंग स्मरण गर्दै भने, ‘कि त हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ कि त तपाईंहरुले त्यो परित्याग गर्नुपर्छ । त्यसमा सुधार हुँदैन भने तपाईँहरु किन हिन्दूू धर्म स्वीकार गर्नुुहुन्छ ? अम्बेडकर आफैं हिन्दू भएर जन्मिए, तर जातीय विभेदका कारण मर्ने बेलामा बुद्ध धर्म अँगाले ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *