भ्यानको ठक्करबाट साईकल यात्रीको मृत्यु

बैशाख १३, विराटनगर ।  झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा बिहीवार राती पिकअप भ्यानको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । 

गएराती साढे ८ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत कन्काई नगरपालिका–१ दुर्गापुरमा पूर्व तर्फ जाँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नम्बरको भ्यानले विपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्ने ४० को उमेश हिङमाङलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङको झापा स्थित बि. एण्ड. सी. अस्पताल बिर्तामोडमा उपचारका क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न पिकअप भ्यान र चालकलाई नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *