‘पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लाञ्छना लगाइयो’
बैशाख १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जालझेल गरी सरकारी जग्गा हड्पेको खबर बाहिरीरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने पौडेल दोषी नभएको दाबी गरेका छन् ।
नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पौडेलले ललिता निवासको सरकारी जग्गा दुरुपयोग गरेर नजोडेको दाबी गरेका हुन् ।
null
‘पौडेलबारे भ्रम फैलाइएको छ । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा जोड्नुभएको होइन । राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ’, प्रधानमन्त्रीले भने । साथै उनले सरकारी जग्गा हडप्न खोज्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि जनाए ।
उनले यो घटनालाई सरकारले ढाकछोप गर्न नखोजेको जिकिर गर्दै गरे सरकार असल नियतका साथ छानबिन गरेर जग्गा फिर्ता गराउन लागि परेको छ भने ।
उनले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने स्पष्ट पार्दै प्रम ओलीले पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको दाबी गरे ।