जुन गीतले राजेश हमाललाई चिनायो

साउन १७, काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले सुपरहिट चलचित्र देउताको पिरतीको मिठो तिर्सना… बोलको यो गित अझैपनि उत्तिकै लोकप्रिय छ । आजपनि यो गित हाम्रा गाउँघरमा घन्किने गरेको छ ।

चर्चित निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको देउता फिल्म चालिसको दशकमा सुपरहिट भएको थियो । यो गीतमा हमालले नायिका सृजना बस्नेतसँग नृत्य गरेका छन् । यो गीतको सुटिङ गरेको ठाउँमा राजेश हमाल नाचेकोले अझैसम्म कुनै झार समेत उम्रन सकेको छैन भनेर ५० को दशकमा चर्चित थियो । हमालका फ्यानले सामाजिक संजालमा विभिन्न ट्रोल, चुटकिला समेत बनाएका छन् । अहिले ५५ वर्ष भइसकेका हमाल चलचित्रमा खासै नआएपनि टेलिभिजन कार्यक्रम र विभिन्न सामाजिक, सास्कृतिक कार्यक्रमहरुमा सक्रिय छन् ।

नेपाली रजतपटमा युगदेखि युगसम्म चलचित्रबाट प्रवेश गरेका नायक हमालले डेढसय बढि चलचित्रमा अभिनय गरेका छन् । चलचित्र उद्योगमा धेरै पढेका बौद्धिक ब्यक्तित्वमा गनिने नायक हमालले नेपाली चलचित्र उद्योगलाई तीन दशकसम्म डो¥याएका थिए । समकालिन नायकहरु मध्ये हमाल सबैभन्दा सफल नायक हुन् ।

हेर्नुहोस् चलचित्र देउताको सुपरहिट गीत

https://www.youtube.com/watch?v=KXPEmiuhD_g”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *