चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख घुस सहित पक्राउ

माघ २०, काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुस रकम सहित पक्राउ परेका छन् । गए राती उनलाइ एक लाख रुपैयाँ सहित अख्तियार दुरूपयाेग अनुसन्धानकाे टाेलीले पक्राउ गरेकाे हाे ।   

बा २ झ २१५२ नम्बरको गाडी पछाडी सिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले खानतलासी गर्ने क्रममा एक लाख नगद फेला पारेकाे हाे । आयोगले उनका ड्राइभर सचित दुलाललाई पनि नियन्त्रणमा लिएकाे छ । 

आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र उनका डाईभरलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । 

चन्द्रागिरी नगरपालिकाका कार्यकारी प्रमुख नगरपालिका बाट घर जाने क्रममा बलम्वु १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारकाे जिप आएर नगरपालिका कार्यकारी प्रमुखकाे बाटाे छेक्दै पाैडेलले चढेकाे गाडी खानतलासी गर्न थाल्दा नगद एक लाख बरामद गरेकाे थियाे। 

उक्त १ लाख नगद सहित पक्राउ परेका कार्यकारी पाैडेल र उनका डाईभरलाई केमिकल सहितकाे पानीमा हात डुबाउँदा ड्राइभरकाे हातमा पैसा छाेएकाे राताे रंग देखिएकाे थियाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले स्थानिय जनप्रतिनिधि र महानगरीय प्रहरी प्रभाग बलम्वुकाे राेहवरमा नगद बरामदी मुचुल्का उठाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल लगेकाे छ । टंगालकाे टाेलीले कार्यकारी अधिकृत युवराज पाैडेल चढ्ने बा २ झ २१५२ नम्बरको गाडी समेत नियन्त्रणमा लिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *