कालीकोट आगलागीः प्रभावित परिवारलाई २० हजार नगद राहत दिइने

 

पुस ९, काठमाडौँ । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीबाट प्रभावित परिवारलाई कर्णाली प्रदेश सरकारले प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।  

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद उपलब्ध गराउने भएको हो । साथै मुख्यमन्त्री शाहीले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गरेका छन् । 

null

शाहीले घटनाको सूचना पाउने बित्तिकै आगलागी नियन्त्रण, उद्धार तथा राहतको प्रबन्धका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएका छन् । 

कालीकोट जिल्लाको पलाता गाउँपालिकाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ । बस्ती पुरै जलेर नष्ट भएको बताइएको छ । आगलागीमा ७ स्थानीयवासी घाइते भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *