मानसिक सन्तुलन गुमाएकी बलात्कृत युवतीबाट जन्मिएको शिशुको उद्धार

फागुन १०, चितवन । मानसिक सन्तुलन गुमाएकी एक बलात्कृत युवतीबाट जन्मिएको शिशु र युवतीको पालनपोषण दुई वटा संस्थाले गर्ने भएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका घर भएकी १८ वर्षीय युवतीलाई ८५ दिन अगाडि उद्धार गरेर भरतपुरको चितवन मेडिकल कलेजमा उपचारका लागी राखिएको थियो । 

मानसिक सन्तुलन गुमाएकी सम्झना प्रजाको बलात्कार भएको र सात महिनाको गर्भ रहेको अवस्थामा स्थानीय व्यक्ति उद्धार गरी उपचार गराएका थिए । उपचारपछि सम्झनाबाट जन्मिएको बच्चालाई भरतपुरको एसओएस बालग्रामले संरक्षण प्रदान गरेको छ भने, आमालाई आज चितवन मानव सेवा आश्रमले आश्रय प्रदान गरेको छ । 

null

नियमित उपचारपछि उनको मानसिक अवस्था ठिक हुने भन्दै आश्रमले सम्झनाको जिम्मा लिएको आश्रमकी अध्यक्ष ममता शर्माले बताइन् । सम्झनाको मानसिक अवस्थामा सुधारका संकेत देखिएको उल्लेख गर्दै पूर्णरुपमा निको भएपछि उनलाई समाजमा पुनस्र्थापना गरिने शर्माको भनाइ छ । 

शर्माले हालसम्म चितवन मानव सेवा आश्रमलले एक सय ७० जनाको उद्धार गरेकोमा ७५ जना मानसिक सन्तुलन गुमाएका महिलाहरु रहेको बताइन् । 

सम्झनाको उपचारका लागी करिब एक लाख ३७ हजार रुपैयाँ लागेको चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले बताए । समाजमा विभिन्न खालका हिंसात्मक घटनाहरु भइरहेका उल्लेख गर्दै न्यौपानेले आफूहरुले पैसाका लागि मात्रै काम नगरी सामाजिक काममा समेत अग्रसर भएको बताए । 

आश्रममा हाल ४२ जना व्यक्तिहरुले आश्रय लिइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *