रानुको जीवनीमा चलचित्र बन्दै
मकालु खबर
२०७६ असोज ९ गते
असोज ९, काठमाडौं । रेलवे स्टेशनमा गीत गाएर रातारात भाइरल भएकी रानु मण्डलको जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ ।
गायिका लता मंगेशकरको ‘प्यारका नगमा है’ बोलको गीत गाएर चर्चामा आएकी रानुको बायोपिक चलचित्र निर्माता ऋषिकेश मण्डलले निर्माण गर्न लागेका हुन् ।
उक्त बायोपिकमा अभिनेत्री सुदिप्ता चक्रवर्ती रानु भण्डलको भूमिकामा देखिने बताइएको छ । चक्रवर्ती नेशनल अवार्ड विजेता समेत हुन्।
यसअघि रानुले बलिउड गायक हिमेश रेशमियासँग स्टुडियोमा ‘तेरी मेरी’ बोलको गीत गाएकी थिइन्। उक्त गीतलाई दर्शकहरुले निकै रुचाइरहेका छन्।
मकालु खबर
२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित