‘गृहमन्त्रीले राजीनामा किन नदिने ?’

 

साउन १०, काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले निर्मला पन्त बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भइसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नुमा सरकारको कमजोरी रहेको बताएका छन् । 

महासचिव शाहीले सरकारले नै अपराधीको संरक्षण गरीरहेको जिकिर गर्दै गृहमन्त्रीले सरकारबाट राजिनामा दिनुपर्ने समेत बताएका छन् । 

null

उनले निर्मलाका परिवारलाई न्याय दिनुको सट्टा सिंगो सरकार नै गलत दोषी खडा गरेर निर्दोषलाई फसाउने र दोषीलाई बचाउने खेलमा लागेको आरोप समेत लगाए । 

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै शाहीले निर्मला पन्तको बलात्कार र हत्यापछि पनि बलात्कार र हत्याका घटनाहरु भइरहेकोमा समेत सरकार ति सबैका दोषीलाई कारबाही गर्न पूर्ण असफल भएको दाबी गरेका छन् । 

उनले उल्टै प्रधानमन्त्रीदेखि गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार ढंगको अभिव्यक्ति दिएको प्रति आक्रोश ब्यक्त गर्दै प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भन्नु र गृहमन्त्रीले ‘निर्मला हत्याकाण्ड नौँलो नभएको र यस्ता घटनाहरु भइरहन्छन् र भइरहने’ जस्तो अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिनु सरकारको बलात्कारी र अपराधी बचाउने चाल भएको बताएका छन् । 

उनले गृहमन्त्रीलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन, जनतासँग माफि माग्न र पदबाट राजिनामा दिन माग गरेका छन् । 

‘बलात्कारी र अपराधिलाई बचाउने, नागरिकको सुरक्षा गर्न नसक्ने र मुलुकको कानुनको धज्जी उडाउने दुई तिहाइको वर्तमान सरकारविरुद्ध नेपाल तरुण तल कडा संघर्षमा उत्रिनेछ ।’ जारी विज्ञप्तिमा भनिएको छ । 

नेपाल तरुण दलले पनि गृहमन्त्रीले किन राजीनामा नदिने भनेर ५ वटा बुँदामा प्रष्टिकरण सोधेको छ । 

१. निर्मला पन्त लगायत नेपाली चेलिहरुको बलात्कार, महिला हिंसा र हत्यामा संलग्न दोषीहरूलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा किन नदिने ? 

२. प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले नेपाली चेलीमाथि अपमानजन्य अभिव्यक्ति दिएका छन् । उनीहरुले आफ्नो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक माफि किन नमाग्ने ? 

३. प्रमाण नस्ट गर्ने प्रहरीलाई निलम्बनको नाटक गरेको छ । उनीहरुलाई प्रचलित कानुनबमोजिम जेल किन नहाल्ने ? 

४. निर्मलाको बलात्कारपछि गरिएका हत्याका दोषी पत्ता लगाउन कति जनाले ज्यान गुमाउनुपर्ने हो ? 

५. निर्मलाको न्यायको लागि लड्दा प्रहरीको गोलीबाट ज्यान गुमाएका सनी खुना र घाइतेको सम्पूर्ण जिम्मेवारी राज्यले किन नलिने ? 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *