बम कारखानामा विस्फोट, ३८ जना घाइते

 

जेठ १९, रुस । रुसको जसिंक शहरमा बम बनाउने कारखानामा विस्फोट हुँदा ३८ जना घाइते भएका छन् । 

जसिंक शहरस्थित जेएससी क्रिस्टल रिचर्स इन्स्टीच्युट नामक बम कारखानामा विस्फोट हुँदा ३८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

null

आपतकालिन मन्त्रालयले घटनामा कसैको मृत्यु नभएको बताएका छन्। 

विस्फोटपछि इन्स्टीच्युट पुरै नष्ट भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *