सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रद्धिबीच सम्झौता

माघ २९, काठमाडौँ ।  सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि टे«डिङ्ग प्रा.लि. विचमा वीमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ ।   

सम्झौता अनुसार सिप्रदि ट्रेडिङ्गले बिक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बिमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ्ग प्रा.लि.को नेपाल भरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा वीमितहरुले वीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ । 

सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि ट्रेडिङ्ग प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौतावाट वीमितले झन्झट रहित र प्रभावकारी वीमा दावीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *