प्रस्तावित राजदूतको दाबीः आफू र परिवारका नाममा ग्रिनकार्ड फेला परे राजदूतको बन्दिनँ

 

असार २३, काठमाडौं । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारको नाममा ग्रिनकार्ड फेला परे राजदूत पद अस्वीकार गर्ने दाबी गरेका छन् । 

सोमबारको संसदीय सुनुवाई समितिमा ‘ग्रिनकार्ड लिएको आरोप के हो ?’ भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले आफूसँग ग्रिनकार्ड नभएको र नेपालको संविधान पालना गर्ने बताए । 

null

‘मैँले ग्रिनकार्ड लिएको छैन । परिवारको नाममा पनि छैन । फेला परेमा म यो राजदूतको पद स्वीकार गर्ने छैन । देशको कुनै पनि इमान्दारितामा चुक्ने छैन । आजसम्म चुकेको पनि छैन’, समितिमा उनले भने, ‘पहिलो पटक म २००१ मा अमेरिका गएर एक महिना बसेको थिएँ । २०१५ र पछिल्लो पटक २०१८ मा गरी चार पटक अमेरिका गएको छु ।’ 

उनले आफ्नी श्रीमती अमेरिकामा नर्सिङ अध्ययन गरिरहेको र काम गर्नका लागि बर्किङ प्रमिट लिएको पनि समितिमा स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *