खत्वेलाई सभापति बनाएपछि दलित संघ सुनसरीमा विवाद बढ्दै

फागुन २७, सुनसरी । नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ सुनसरीमा मदनलाई खत्वेलाई सभापति बनाएपछि दलित संघ सुनसरी बिवादमा फसेको छ। दलित संघको नेतृत्व छनौटमा पार्टी नेतृत्वले मनोमानी गरेको भन्दै दलित अगुवाहरुले ब्यापक बिरोध गरेका हुन्। 

जिल्ला नेतृत्वले आँफु खुसी दलित संघको सभापति चयन गरेको भन्दै कांग्रेस निकटको दलित संघमा खटपटि भएको हो। सुनसरीमा रहेका केहि दलित अगुवाहरुले नेतृत्वले पार्टीमा योगदान पुर्याएका गजेन्द्र खातीलाई पाखा लगाएर आफुहरुलाई अन्यायमा पारेको भन्दै असन्तुष्ठी ब्यक्त गरेका छन्।  

गत शुक्रबार नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति राजिब कोइराला, संघीय सांसद सिताराम मेहतालगायतले दलित संघको जिल्ला सभापतिमा मदनलाल खत्वेलाई औपचारिक कार्यक्रम बिना नै कोठे बैठकबाट सभापतिमा चुनेको भन्दै नेतृत्वले प्रजातान्त्रिक पद्दतिलाई तुसारापात गरेको उनिहरुले बताएका छन्। 

null

कांग्रेसमा लामो समयदेखि सकृय दलित नेता गजेन्द्र खातीलाई झुक्याएर राजिब कोइराला, सिताराम मेहतालगायतले खत्वेलाई टिको लगाएर सभापति बनाएको भन्दै नेपाल महिला संघको महाधिबेशन प्रतिनिधि समेत रहेकि सिता भुसाल(ठटाल)ले बिरोध जनाएकि छिन् । उनले पार्टी नेतृत्व नसच्चिए आफुहरु मौन नबस्ने बताइन् । दलित संघको सभापतिमा पटकपटक टिके राजनीति हावी भएकाले आफुहरुलाई हिनतावोध गराएको नेतृ भुषालले जिकिर गरिन् ।  

 

दलित अगुवाहरुले जिल्ला सभापति राजिव कोइरालाले प्रजातान्तिक पद्धतिलाई अन्त्य गरी कोठामा बसेर आफ्नो मान्छेलाई मनोनित गरेर दलितहरुको चुन्ने र चुनिने अधिकारमा कुठाराधात गरेको भन्दै बिरोध गरेका छन्। 

यस्तो पद्दतिले सुनसरीबासी दलितहरु चिन्तित भएको भन्दै उनिहरुले गजेन्द्र खातिलाई दलित संघको जिल्ला सभापति बनाउन दलित मतदाताहरुको बृहत अभिलाषा हुँदाहुँदै चुनावी प्रक्रियालाई तोडेर नेपाल दलित संघका सभापति समेत रहेका कांग्रेस केन्द्रिय सदस्य मिन बिश्वकर्मासमेतको सल्लाहमा खातिलाई पछि पारेर खातिको राजनीतिलाई पछि पारिएको दलित अगुवाहरु आरोप छ। उनिहरुले गजेन्द्र खातिलाई सभापति बनाउनैपर्ने आफुहरुको माग नभएर चुनावी प्रक्रियाबाट सभापति बनाउनुपर्ने आफुहरुको माग रहेको बताएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *