विदेशबाट आएकालाई सिधै गाउँ छिर्न बन्देज

चैत्र १८, डडेलधुरा। डडेल्धुराको अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन्। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो।   

भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन्। भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताए।   

अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन्। सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन्। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *