युरोपियन गोल्डेन बुटको रेसमा मेस्सीलाई रोक्लान् त एम्बापेले ?

 

एजेन्सी, जेठ ६ । जारी सिजन युरोपियन गोल्डेन बुट दौडमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी र फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेबीच प्रतिस्पर्धा देखिएकोमा मेस्सीले एम्बापेलाई पछि पारेर गोल्डेन बुटमा आफ्नो स्थान पक्का गरेका छन् । 

गएराती लालिगाको अन्तिम खेलमा एइबारलाई २–२ को बराबरी गर्ने क्रममा मेस्सीले २ गोल गरेर युरोपियन गोल्डेन बुटको रेसमा पिएसजीका एम्बापेलाई ४ गोलले पछि पारे । अब यस वर्षको युरोपियन गोल्डेन बुटका एक्ला हकदार मेस्सी भएका छन् । मेस्सी एम्बापे भन्दा ४ गोलले अगाडी रहेकोले उनको गोल्डेन बुट सुनिश्चित भएको हो । 

null

लिग वानअन्तर्गत ३७औं साताको खेलमा पिएसजी र डिजोन भिड्दा एमबाप्पेले २ गोल गरेसँगै उनले मेस्सीमाथि पुनः दबाब बढाएका थिए । तर, हिजो मेस्सीले २ गोल गरेपछि एम्बापेलाई अब मेस्सीलाई भेट्टाउन ४ गोल गर्नुपर्ने भएको छ । 

यसअघि तीन खेलमा प्रतिबन्धमा परेका एमबाप्पे गत रातिको खेलमा मैदान फर्किएका थिए । जसमा उनले प्रतिबन्धपछिको पहिलो खेलमै २ गोल गरेर युरोपियन गोल्डेन बुटमा बार्सिलोनाका मेस्सीको गोल संख्या नजिक पुगेका थिए । 

मेस्सी ला लिगाका सबै खेल सकिँदा कूल ३६ गोल गरेर युरोपका टप–५ लिगमा सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुटको पहिलो दाबेदार बनेका छन् । 

एमबाप्पेले लिग वानमा ३७ खेल सकिँदा ३२ गोल गरेका छन् । अब उनले मेस्सीलाई उछिन्न अन्तिम खेलमा कम्तिमा ४ गोल गर्नुपर्दछ । जुन निकै चुनौतिपूर्ण रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *