मन्त्री योगेशकुमारद्वारा विमानस्थलका कर्मचारीलाई चेतावनी

भाद्र १५, काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार  भट्टराईले त्रिभुवन विमानस्थलमा दाग लाग्ने काम गरेका कर्मचारीहरुलाई हटाउने चेतावनी दिएका छन् ।   

उनले आइतबार ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै यस्तो चेतावनी दिएका हुन् ।   

मन्त्री भट्टराईले बिमानस्थल भित्रका कर्मचारीले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर संकलन गरेको र त्यस्ता  कर्मचारीलाई कारवाही गर्न  विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिएकाे जानकारी गराएका छन् । 

Image result for संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई

साथै उनले कार्यलय समयमा विमानस्थलका कर्मचारीहरुलाई मोबाइल फोनमा समेत कुरा समेत  नगर्न  निर्देशन दिएका छन् । 

विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएको उक्त ६ दिन सम्म चल्ने प्रशिक्षण तालिममा सेवाग्राहीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरेको जानकारी दिएका छन् ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *