उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा पत्रकारकाे बाटैमा मृत्यु
साउन १९, जाजरकोट । नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ ।
उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
null
कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध रहेका थिए । महासङ्घले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपुरणीय क्षतिका रुपमा लिएको नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सचिव हेमन्त केसीको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासङ्घका महासचिव दीपेन्द्र शर्माले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । स्व.थापाको श्रीमती, दुई छोरा र दुई छोरी छन् । रासस