कारागारभित्रै झडप हुँदा ४ जनाको टाउकोमा चोट लाग्यो, एक जनाको हात भाँच्चियो

 

बैशाख २०, दाङ । दाङको घोराहीस्थित कारागारभित्र शुक्रबार बिहान नाइके र कैदी बन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । 

घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको र १ जनाको हात भाँच्चिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। 

null

घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी हाल कारागारमै राखिएको छ । 

आन्तरिक व्यवस्थापनका विषयमा कुरा नमिल्दा कारागारका नाइकेहरु र कैदी बन्दीबीच झडप भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *