२८ वर्षको वैवाहिक सम्बन्ध तोड्दै रोशनी शाही (पत्रसहित)

असोज १६, काठमाडौं । सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुव्र्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमान् अलग–अलग बस्ने भएका छन् ।   

श्रीमान् चित्रजंग शाही र श्रीमती रोशनी शाहीको अलग बस्ने निर्णयसहितको हस्ताक्षर भएको पत्र बाहिरिएको छ । रोशनी र उनका श्रीमानले २८ वर्षको वैवाहिक सम्बन्धलाई अब टुंग्याउने निर्णय गरेको पत्रमा उल्लेख छ ।   

‘थुप्रै उतरचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदा रहेछन् । तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’, उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।   

Image result for राेशनी शाही सभामुख महरा

रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत् सार्वजनिक गरेकी थिइन् । तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबुसमानको व्यक्ति भएको भन्दै कुनै बलात्कार नभएको दाबी समेत गरेकी थिइन् ।   

रोशनीले बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवेदन समेत दर्ता गराइसकेकी छिन् ।   

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।   

संसद सचिवालयमा कार्यरत उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *