रवि लामिछाने फेरि ५ दिन हिरासतमै

भदौ ३, काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखिने भएको छ ।   

स्व. पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले मंगलबार उनीसहित ३ जनालाई थप ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।   

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।   

Image result for पुडासैनी प्रकरण

गएको बिहीबार रविसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए । साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।  

गत साउन २० गते चितवनको नारायणगढमा एक होटलमा पत्रकार पुडाशैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडाशैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्नु परेको उल्लेख भएपछि प्रहरीले अनुसन्धानका लागि तीनै जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।   

पुडाशैनीले आत्महत्या गरेको पोष्ट मार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ । लामिछाने पक्राउ निर्दोष रहेको दावी गर्दै उनका समर्थकहरुले उनी पक्राउ गरेको दिनदेखि चितवनमा प्रर्दशन गरिरहेका छन् । 

प्रर्दशन उग्र बन्दै गएपछि भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *