‘देशभित्र घुमौं, हाम्रो पर्यटकिय स्थल हामीले नै भरिभराउ बनाऔं’

फागुन २५, चितवन । कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त बनेको छ । हामीले भन्ने भाषामा यो हाम्रो सिजन हो । अर्थात व्यवसायले अलि-अलि कमाउने भनेकै अहिले हो ।   

मे, जुन, जुलाई, अगष्ट त अफ सिजन हो । अब बाह्य पर्यटन सेप्टेम्बर नलागी उकालो लाग्दैन । त्यसैले अहिले हामी सबै नेपाली मिलेर हाम्रो पर्यटनलाई आत्मनिर्भर बनाउने बेला आएको छ । विदेशी पर्यटकको आगमन कम हुँदा अहिले हामी देश भित्र घुम्ने बेला आएको छ । 

नेपालमा अहिलेसम्म कोरोना भाइरसको केस फेला परेको छैन । सामान्य रुपमा हामी घर अफिस बजार त अहिले पनि गरिरहेका छौँ । नियमित रुपमा हात धुने, सेनिटाईजर प्रयोग गर्ने, भिडभाडमा मास्क प्रयोग गर्ने कार्यहरु सावधानी अपनाईएका कार्यहरु हुन जुन राम्रो पनि छ । 

समाचारमा  सुनेका र पढेको कुरा मात्र होईन वास्तवमै काठमाडौ, पोखरा चितवनका मुख्य पर्यटकिय गन्तव्यमा पर्यटक सुनसान छन् । लाग्ला होटल चलेन भने के हुन्छ ? गहिरिएर हेर्ने हो भने यहाँ व्यवसाय एक अर्कामा निर्भर छन् ।  

अहिले अण्डाको भाउ घटेको छ किन ? होटल क्षेत्रमा बढी जाने अण्डा विक्री नहुँदा घटेको हो । एउटा पर्यटन क्षेत्र चलायमान नहुँदा बस, रेष्टुरेन्ट, खाध्य सामाग्री विक्री गर्ने पसल, स्थानिय उत्पादनहरु सबैमा असर पारेको हुन्छ । 

अब पर्यटन क्षेत्रमा संकट उत्पादन हुन नदिन हामी स्वदेश घुम्ने बेला आएको छ । हामी कहिले नपुगेको मान्छे नाम्चे जाउँ, हिउँले भरिएको रारामा पुगौं, सकिन्छ भने तिलिचो जाउँ । त्यती पनि सकिन्न भने दोलखा, जिरी, इलाम, जनकपुर, सिन्धुली, बर्दिया, सुर्खेत, चितवन, पोखरा जाउँ ।   

कमसेकम यस्तो बेला नेपालीको एकता देखाईदिउँ । हाम्रो पर्यटकिय स्थलहरु हामीलेनै घुमेर भरी भराउ पारिदिउँ । (सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरे) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *