संघियता कागजको नाउ जस्तोः राजिव कोइराला

 

विराटनगर, माघ २० । प्रदेश नं. १ को प्रदेशसभाको आजदेखी सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सांसदहरुले सहकार्यमा जोड दिएका छन् । उनीहरुले सरकार एकलौटी रुपमा अगाडी बढेको भन्दै आइन्दा यस्तो कार्य नदोहाेर्याउन सत्तापक्षलाई सचेत समेत गराएका छन् । 

बैठकमा नेपाली कांग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले सरकार सँग सहकार्य गर्ने तर पछि नलाग्ने बताए । उनले प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्ष समेत बदनाम हुने अवस्थामा पुगेको जिकिर गरे ।  

null

कोइरालाले प्रदेश सरकारको भनाइ र गराइ समेत नमिलेको भन्दै आलोचना गरेका थिए । उनले अहिले संघियता कागजको नाउ जस्तो भएको भन्दै कुनैपनि समय दुर्घटनामा पर्न सक्ने दाबी गरे ।  

बैठकमा नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले सरकारको काम कार्वाहीको बचाउ गरेका थिए । बैठकमा बोल्दै आङबोहाङल प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसार बिकासका कामलाई कार्यान्वयको चरणमा लान कर्मचारी समायोजन, नयाँ अभ्यास, संघिय सरकारबाट हस्तान्तरण लगायतका कारणले बजेट कार्यान्वयनमा ढिलाई भएको दावी गरे । उनले अबका दिनमा सत्ता पक्ष र प्रतिपक्षको रुपमा अगाडी बढ्न नहुने बताए ।  

संघिय समाजवादी फोरमका संसदिय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामाङ्कनको विषय टुङ्गो लागाए पछि मात्र विकास र संमृद्धिको बाटोमा अगाडी बढ्न सकिने बताए । उनले संसदिय समिति र मन्त्री मण्डललाई पुर्णता दिनु पर्ने बताए ।  

राष्ट्रिय प्रजातन्त्रपार्टी संसदीय दलका नेता इन्दीरा राई र संघिय लोकतान्त्रीक रष्ट्रिय दलका नेता विष्णु तुम्बहाम्फेले ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नाम टुङ्गो लागाउनु पर्नेमा जोड दिए ।  

प्रदेश सभा बैठकमा संसदको कार्य व्यवस्था परामर्श समितिको सदस्यमा नेकपा सांसद मोहन कुमार खड्काको स्थानमा सिता थेवेलाई सर्वसम्मत नियुक्त गरिएको छ । बर्षे अधिबेशन अन्त्य भएको तीन महिना २७ दिनपछिबाछ सुुरु भएको हिउँदे अधिबेशन प्रदेश प्रमुख प्रा. डा. गोबिन्द तुम्वाहाङले अधिवेशन आब्हान सम्बन्धी पत्र सभामुख प्रदीप भण्डारीले पढेर सुनाएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *