दुई छोराछोरी लिएर नारायणीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
साउन २३, कावासोती । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ ।
नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।
null
आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
आमा स्वयम्ले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालीम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । रासस