वाइडबडीमा देउवाको संलग्नता भएको नभएको छानविनबाट थाहा हुन्छः बरिष्ठ नेता पौडेल

३० पुस, काठमाडौं । वाइडबडी खरिद प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता छानबिन गरेपछि मात्रै थाहा हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।  

संसदीय दलको कार्यलय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वरिष्ठ नेता पौडेलले वाइडबडी काण्डमा सभापतिको संलग्नता छमनविन गरेपछि मात्र थाहा हुने जिकिर गरेका हुन् ।  

‘वाइडबडीमा उहाँ (शेरबहादुर देउवा)को संलग्नता छानबिन गरेपछि थाहा हुन्छ ।’ पौडेलले भने । पौडेलले पार्टी सभापति देउवाले धनगढीमा उक्त काण्डमा आफ्नो संलग्नता नरहेको बताएको समेत उल्लेख गरे । ‘धनगढीमा उहाँले म त छैन भनेर भन्नु भा छ ,’ पौडेलले भने ।  

null

पौडेलले पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्न लागेकोमा आपत्ति जनाएका छन् । पार्टीका पूर्वसभापतिहरूको नाममा खोलिएका अस्पतालहरू सरकारले विघटन गर्न लागेको भन्दै पौडेलले विरोध जनाए । तनहुँमा गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल नेपाली कांग्रेसको सरकारले सञ्चालनमा ल्याएको थियो । 

स्वास्थ्य मन्त्रालयले ११ अस्पताललाई केन्द्र सरकार मातहत राख्न प्रस्ताव गरे पनि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ वटालाई मात्र व्यवस्थापन समिति गठन गर्ने बाटो खोलेको छ । ‘सरकार दुई महत्वपूर्ण अस्पताल विघटन गर्दैछ । हामी कुनै हालतमा विघटन हुन दिन्नौं ।’ उनले भने ।  

तनहुँको दुलेगौडास्थित बेलचौतारामा ३० शैय्याभन्दा धेरै क्षमताको गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र सञ्चालनमा छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा यी दुइटा अस्पतालका लागि भारतीय पक्षबाट सहयोग गर्ने बचन प्राप्त भए पनि प्रधानमन्त्री केपी ओलीले पहल नगर्दा सहयोग नआएको पौडेलले जिकिर गरे । 

पौडेलले डा. गोविन्द केसीले उठाएका माग पूरा गर्नुपर्ने बताए । उनले यो समाजवादी सरकार र समाजवादी ब्यवस्था हो भने डा.केसीको भनाइलाई गम्भिरतापूर्वक लिनुपर्ने जिकिर गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *