कोरोना संक्रमित युवकका श्रीमतीसहित परिवारका सात जनाको रिपोर्ट नेगेटिभ

चैत २३, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवककी श्रीमतीसहित परिवारका सात जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट भने हिजोनै पोजिटिभ आएको छ । परिवारका ८ जना सदस्यको थ्रोट स्वाव संकलन गरिएकोमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए । डा. जोशीले संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, बुवा,आमा, दाजु र भतिजीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।  

युवकका अन्य दुई जना नातेदारको पनि स्वाब काठमाडौं पठाइएको छ । उनीहरूको रिपोर्ट आएको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा कोरोना संक्रमित युवक नेपालका चौथो संक्रमित व्यक्ति हुन् ।   

दुबैबाट भारतको दिल्ली हुँदै चैत ७ गते नेपाल पुगेका उनी ११ गते अस्पताल भर्ना भएका थिए । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनीसहित चार जनाको उपचार भैरहेको छ। तीन जना नयाँ संक्रमित हिजो मात्रै थपिएका हुन् । जसमा उनकी भाउजू पनि छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *