सरकारकाे दमन विरूद्ध विप्लवद्वारा सरकारलाई चेतावनी

बैशाख ८, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’  समूहले सरकारलाई आफ्नो पार्टी प्रति गरेको दमन बिरुद्धको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएकाे छ । 

 

बिप्लव समूहले शनिबार विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएकाे हो । जारी विज्ञप्तिमा आफ्ना कार्यकर्ताहरुलाई बिभिन्न आरोपमा गिरफ्तार गरी चरम यातना दिई रहेकाले उनीहरुको तत्काल रिहाईको माग गरेका छन् । 

null

विप्लव समूहको केन्द्रिय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाइ बैशाख ६ गते  सरकारले दोस्रो पटक गिरफ्तार गरेकाे थियाे । 

उनीहरुको रिहाईको माग गर्दै जारी बिज्ञप्तीमा लेखिएको छ, यदी केपी सरकारले हाम्रो पार्टी माथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकिएन भने हामी यसको बिरुद्धमा सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । र, यस प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवारी सरकार नै हुनेछ । 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *