विराटनगरमा सुरक्षामा कडाइ, प्रहरी भन्छन्-‘नागरिकको सुरक्षाका लागि हरदम तयार छौँ’

चैत्र १७, विराटनगर । यो समय विश्व मानव जगत कोरोना भाइरस (कोभिड १९) संक्रमणमा अपत्यारिलो ढंगले संकटमा फसेको छ । हालसम्म विश्वमा साढे ६ लाख बढी कोरोनाबाट संक्रमित भएका छन् भने ३० हजार बढीको मृत्यु भइसकेको छ ।  

विश्वका कयौं राष्ट्रहरु लकडाउनको अवस्थामा छ भने नेपालमा पनि सरकारले चैत्र ११ गतेबाट २५ गतेसम्म लकडाउन लम्ब्याएको छ ।  

लकडाउनको आज सातौं दिन बिहानदेखि सुरक्षाकर्मीहरु जनताको स्वास्थ्य रक्षाका निमित्त घर दैलोमा माइकिङ गर्दै हिँडिरहेका छन् । कार्यस्थलमा खटिएका सुरक्षाकर्मीमध्ये ५ जनाका लागि पीपीई अर्थात् कोरोना भाइरस कंक्रमण प्रतिरोधात्मक सामग्री उपलब्ध गरिएको छ ।  

वडा प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपि बेद प्रसाद गौतमको नेतृत्वमा नागरिकको घर दैलोमा पुगि सम्झाई बुझाई गरेका थिए । साथै प्रहरी टोलीले माइकिङ गर्दै घरबाट बाहिर ननिस्कन, भिडभाड नगर्न, अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह समेत गरेका थिए ।  

सधैँ भन्दा आम नागरिकहरुमा चेतना आएको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताए । उनका अनुसार सँधै भन्दा मानिसहरुको चहलपहल पनि कम भएको छ । बिहान र बेलुकाको समय नागरिकले सहयोग नगरेको डिएसपी गौतमको गुनासो छ । 

साँझ ५ बजेको समय र बिहानको समय बजार भीड हुने प्रक्रिया रहेकाले यसलाई न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीसँग मिलेर सम्झाउने, बुझाउने र घरमा नै बस्न अनुरोध गर्ने उनले बताए । ‘आपत्कालिन अवस्था आइपरे नागरिकको सुरक्षाका लागि हरदम तयार छौँ’, डिएसपी गौतमले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *