बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार, टोटेनह्यामले वाट्फोर्डलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले बर्नमाउथसँग ४–० को लज्जास्पद हार बेहोरेको छ ।  

चेल्सीलाई लज्जास्पद हार चखाउन जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले समान १ गोल गरे । बर्नमाउथमा बुधबार राति भएको खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । तर, घरेलु टोली बर्नमाउथले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।  

४७औं मिनेटमा जोसुवा किङले डेभिड ब्रुक्सको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६३औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै अग्रता दोब्बर बनायो । ७४औं मिनेटमा जोसुवा किङले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बर्नमाउथ ३–० ले अघि बढ्यो ।  

null

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा चार्लीले गोल गर्दै चेल्सीलाई ४–० को लज्जास्पद हार चखाए । चेल्सीले बल पोजेसन राखेपनि बर्नमाउथको बलियो रक्षापङ्ति तोड्न नसक्दा लज्जास्पद हार बेहोर्न पुग्यो । 

हारसँगै चेल्सी पाँचौ स्थानमा झरेको छ । समान खेलबाट समान ४७ अंक रहेपनि चेल्सी गोल अन्तरमा आर्सनलसँग पछि परेको हो । चेल्सीलाई पारजित गरेको बर्नमाउथ ३३ अंक जोडेर १०औं स्थानमा छ ।  

बुधबार राति नै भएको अर्काे खेलमा टोटेनहमले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ । टोटेनहमले खेलमा पछि परेको स्थिति उल्ट्याएर जिच निकालेको हो ।  

 

वाट्फोर्डका क्रेइग काथकार्टको गोलबाट टोटेनहम ३८औं मिनेटमा पछि परेको थियो । तर, खेल सकिन १० मिनेट बाँकी रहँदा ७ मिनेटको अन्तरमा ह्युङ मिन सनले ८०औं मिनेटमा र ८७औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमलाई महत्वपुर्ण ३ अंक दिलाए ।  

महत्वपुर्ण जितसँगै टोटेनहमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अकं दुरी २ मा छोट्याएको छ। टोटेनहमको ५४ तथा सिटीको ५६ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *