हुम्लामा अज्ञात रोग लागेर ज्यान गुमाउनेको संख्या १० पुग्यो

 

बैशाख १६, हुम्ला । हुम्लामा अज्ञात रोग लागेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ । 

हुम्लाको ताजाकोट गाउँपालिकामा पहिचान नभएको रोग लागेर आइतबार ९ जनाको मृत्यु भएको थियो । ताजाकोट गाउँपालिका वडा नम्बर ५ मदना गाउँकी ६० वर्षीया पवित्रा बोहराको सोमबार बिहान मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० पुगेको हो । 

null

यसअघि ज्यान गुमाउनेमा ताजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, सोही वडाकी ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापा, ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठाल लगायत छन् । 

सोही गाउँपालिका–१, २ र ३ मा थुप्रै मानिस बिरामी परेको जनाइएको छ । उक्त गाउँपालिकाका ५ सय भन्दा बढी घाइते भएको जानकारी दिइएको छ । 

सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ । तर के रोग हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन । 

प्रदेश सरकारले घटना लगतै आइतबार रोग प्रभावित ताजाकोट गाउँपालिकामा बिहान औषधी र चिकित्सकको टोलीसहितको हेलिकप्टर पठाइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका थिए । 

ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकारले पहल गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *