खैरहनीको आम्दानी– ११ महिनामै साढे ६ करोड

 

जेठ १४, चितवन । चितवनका अन्य नगरपालिकाको तुलनामा खैरहनी नगरपालिकाले आन्तरिक आम्दानीको लक्ष्य पुरा गर्ने देखिएको छ । 

खैरहनीले चालु आर्थिक वर्ष २०७५/७६ मा ७ करोढ १९ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । 

null

चालु आर्थिक वर्षको ११ महिनामै साढे ६ करोड भन्दा बढी राजस्व संकलन भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । शर्माका अनुसार वैशाख मसान्त सम्म खैरहनीले ६ करोड ६६ लाख ५४ हजार ४३ रुपैयाँ आम्दानी छ । 

सबैभन्दा बढी घर जग्गा रजिष्ट्रेशनबाट २ करोड १ लाख ८२ हजार रुपैया आम्दानी भएको छ भने एकिकृत सम्पत्ती कर शीर्षकबाट १ करोड ४२ लाख १९ हजार रुपैया आम्दानी भएको छ । 

चालु आर्थिक वर्षको २ महिना बाँकी नै रहेकाले नगरपालिकाले लिएको लक्ष्य पुरा हुने खैरहनीका मेयर लालमणी चौधरीको विश्वास छ । 

खैरहनीले अघिल्लो वर्ष ३ करोडको हाराहारीमा आन्तरीक श्रोतबाट आम्दानी गरेको थियो । आगामी आर्थिक वर्ष २०६६/६७ मा खैरहनीले ९ करोड २५ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको मेयर चौधरीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *