ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार छैन, भ्रममा नपर्नुस्ः प्रधानमन्त्री

 

साउन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन खारेज नहुने बताएका छन् । 

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा प्रम ओलीले ट्रेड युनियन खारेजको पक्षमा सरकार नभएको स्पष्ट पारेका हुन् । 

null

उनले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको दावी गर्दै सचेत रहन पनि कर्मचारीहरुलाई आग्रह गर्दै राष्ट्र निर्माणको अभियानमा योगदान गर्न पनि निर्देशन समेत दिए । 

प्रधानमन्त्री ओलीले कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने भन्दै आन्दोलनमा जाने धम्की नदिन सचेत गराए । साथै उनले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन समेत दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *