रत्ननगरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

पुष २२, चितवन। चितवनको रत्ननगरमा  सोमबारराती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ४ देबैली स्थित भित्री सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्वरको मिनि ट्रकमा सौराहाबाट  टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्वरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परि रत्ननगर नगरपालिका ४ देबौलीका ३० बर्षिय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  गम्भिर घाइते  भएका उनको   उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *