एकान्तकुनामा स्कुटर दुर्घटना, एक ट्राफिक प्रहरीको मृत्यु

मंसिर १७, काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैँले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए । 

null

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *