देशका लागि नमरेसम्म उठाइरहने बाबुराम भट्टराईका चार मुद्दा !

वैशाख १, काठमाडौं। पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक शुद्धीकरणका लागि आफूले उठाइरहेको चार मुद्दा जीवनभर नछाड्ने बताएका छन्। 

मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा डा भट्टराईले पूर्व प्रधानमन्त्री भएका नाताले समस्या मात्र देखाएर पानीमाथिको ओभानो नबन्ने बताएका हुन्। समस्या समाधानका निम्ति उनले चार सुझावसमेत दिएका छन्। उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद्, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा तिर्ने व्यवस्था गर्नुपर्ने बताए।   

‘समाधानका निम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौँ-१. प्रत्यक्ष निर्वाचित राष्ट्रपति; २. पूर्ण समानुपातिक संसद्; ३. जनलोकपाल; ४. चुनावी खर्च राज्यद्वारा। यो नमरेसम्म भनिरहन्छु! जो विचार!,’ उनले ट्विटरमा लेखेका छन्। 

भट्टराईले संसद्मा पनि बेलाबेलामा प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको सम्पत्ति छानबिनका लागि जनलोकपाल आवश्यक भएको तर्क गर्ने गरेका छन्। बाबुराम भट्टराईको ट्विटमा धेरैले प्रतिक्रिया दिएका छन्। कतिले उनको मागको समर्थन गरेका छन्, भने केहीले विरोध पनि गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *