आकस्मिक अवतरण गर्दै गर्दा विमानमा आगो लाग्यो, ४१ जनाको मृत्यु
मकालु खबर
२०७६ वैशाख २३ गते
बैशाख २३, काठमाडौं । रुसको सुखोइ सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने ३७ जीवितै उद्धार गरिएको छ ।
मस्को विमानस्थलमा आकस्मिक अवतरण गर्ने क्रममा चालक दलका ५ जना सदस्यसहित ७८ जना सवार विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको हो ।
रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानको इञ्जिनमा आगलागी भएर आइतबार सो दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।
मकालु खबर
२०७६ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित