नेपाली बजारमा कुमरीका र बेबी शेरामी: ‘श्रीलंकन प्रोडक्टहरु अर्गानिक हुन्छन्’
फागुन २८, काठमाडाैं । नेपाली बजारमा भारतीय र चाइनिज कस्मेटिक्स सामानको प्रभुत्व छ । ५० प्रतिशत भारतीय प्रोडक्टहरुको दवदवा रहेकोमा नयाँ प्रोडक्ट विकाउनु अर्को चुनौतिपूर्ण काम हो । तथापि, च्यालेन्जिङ काम गर्न रुचाउने सलिना कुँवरले बजारमा नयाँ प्रोडक्ट ल्याएकी छिन् ।
प्रतिष्ठित ब्यापारी ताराबहादुर कुँवरकी छोरी सलिनाले बुबाको नाम र प्रतिष्ठासँग जोडिएर भन्दापनि फरक काम गर्ने सोचले श्रीलंकाको प्रतिष्ठित कम्पनी हेमाजका उत्कृष्ट उत्पादनहरु नेपाली बजारमा ल्याउने आँट गरेकी हुन् । ‘ब्यवसाय नै गर्नका लागि बुबाले ठूलै प्लेटफर्म बनाई दिनुभएकै छ । तथापि, बुबाकोभन्दा केही फरक गरुँ भनेर फरक क्षेत्रमा हात हालेकी हुँ ।’ मंगलबार बाफलस्थित कार्यालयमै भेटिएकी सलिनाले भनिन् ।
हेमाजसँग सलिना कलेज पढ्दै जोडिएकी हुन् । काठमाडौं कलेज अफ म्यानेजमेण्टबाट विविए गरेकी सलिना कलेजकै माध्यमबाट श्रीलंकाको प्रसिद्ध ब्राण्डसँग जोडिन पुगिन् । ‘विविए सकाएर बैंकक गएकी थिएँ, त्यहाँबाट फर्केपछि भाइको एउटा एसाइनमेन्टमा भारतको टाटा ग्रुपका केहीलाई घुमाउने कार्यक्रम थियो, त्यहि बेला मलाई हेमाजका बारेमा अफर गर्नुभयो ।’
टाटा समुहकाबाट हेमाजका बारेमा जानकारी पाएपछि सलिनालाई कम्पनीका बारेमा थप जान्न उत्सुकता जाग्यो । त्यसपछि श्रीलंकन कम्पनी र प्रोडक्टका बारेमा थप अध्ययन गर्ने निर्क्यौल गरिन् । ‘कसैले अफर गर्यो भन्दैमा हात हालेकी हैन, मैले ६, ७ महिना हेमाज कम्पनी, त्यसका उत्पादन, श्रीलंकाको बजार, दक्षिण एशियाली देशमा हेमाजको बजार हिस्साका बारेमा अध्ययन पश्चात नेपालकै मार्केट अध्ययन गरेर प्रोडक्ट ल्याउने जमर्को गरेकी हुँ ।’ २३ वर्षिय सलिना भन्छिन् ।
नेपाली उपभोक्ताहरुले प्रायः भारतीय बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरु दशकौंदेखि प्रयोग गर्दै आइरहेकोमा तेस्रो मुलुकका उत्पादनहरु विकाउन ठूलै चुनौति छ । तर, सलिनाले श्रीलंकन कम्पनीको क्वालिटी हेरेरै च्यालेञ्जलाई स्विकार गरेकी हुन् । सलिना भन्छिन्–‘१०, २० वर्षदेखि आधिपत्य जमाउनेहरुका विचमा नयाँ उत्पादन ल्याउने वित्तिकै चल्छ भन्ने छैन । तर, हेमाजका कोमरिका र बेबी शेरामीको क्वालिटी राम्रो पाएर नेपाली बजारमा ल्याउने आँट गरेकी हुँ ।’ हेमाज कम्पनी श्रीलंकाको नम्बर वान कम्पनी हो जसका उत्पादनहरु एशियाली राष्ट्रहरुमा राम्ररी विक्रि हुन्छ । हेमाजका कपालमा लगाउने तेल कोमरिका तथा बालबालिकालाई प्रयोग हुने बेबी शेरामी लोकप्रिय छन् ।
‘कम मुल्यमा राम्रो क्वालिटीको समान ल्याइएको छ । कोमरिका र बेबी शेरामी नेपाली उपभोक्ताहरुको स्वास्थ्य र सौन्दर्यका लागि उपयोगी छ ।’ उनी भन्छिन् ।
हजुरलाई नमस्ते ट्रेड लिंक मार्फत नेपाली बजारमा आएका कोमरिका र बेबी शेरामी १ वर्षमै देशका २७ जिल्लामा पुगिसकेको छ । प्रायः श्रीलंकन प्रोडक्टहरु अर्गानिक प्रोडक्ट हुन्छन् । कपालमा लगाउने कोमरिका तेल पनि हर्वल प्रोडक्ट हो । जुन तीन वटा भेरियन्टमा बजारमा उपलब्ध छ । कपाल झर्ने, चायाँ पर्ने तथा कपालमा हांगा पलाउने समस्या भएकाहरुका लागि कोमरिका अत्यन्त लाभदायक छ । ‘हामी आफैंले यी प्रोडक्टहरु प्रयोग गरेर विस्वस्त भएर भनेका हौं ।’ सलिनाको दावि छ ।
सलिनाले श्रीलंकन उत्पादनलाई नेपालीहरुको घरघर पुर्याउने लक्ष्य लिएकी छिन् । त्यहि भएर दिनरात शाखा र डिलर विस्तारमा गर्दैछिन् । नेपालको मार्केट चाइनीज र भारतीय प्रोडक्टले डोमिनेट गरिराखेको अवस्थामा तेस्रो मुलुकबाट आएका प्रोडक्टहरुलाई सहज त छैन । तर, असंभव पनि छैन । एक वर्षको अनुभवमा धेरै कष्टमरहरु दोहोरिएर आएकोले यसलाई बजारमा स्थापित गराउन सकिने विस्वास कम्पनीले लिएको छ ।
कुमारिका ब्राण्डको कपालको तेल हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको छ । ‘प्रोडक्टहरु स्पेशिफिक छन्, हेयर ओइल सबैले प्रयोग गर्न सक्छन् । कपाल झर्ने, चाँया पर्ने, हाँगा पलाउने देखि कपाल कलर गर्नेहरुलाई सम्म अत्यन्त उपयोगी छ । यसले कपाललाई स्वस्थ, बलियो मुलायम तथा सिल्की बनाउन मद्दत गर्दछ ।’ उनी भन्छिन् ।
हेमाजमा उत्पादनहरु कोमरिका र बेबी शेरामी नेपाली बजारमा किराना पसल, कस्मेटिक्स, विग मार्ट, केके मार्टमा मात्र हैन अन्य सुपर मार्केटमा समेत उपलब्ध छ । कोमरिका र बेबी शेरामी आकर्षक लुक्समा हुनु अर्को विशेषता हो । हर्बल वेसका प्रोडक्ट भएकालेपनि उपभोक्ताले रुचाएका छन् ।
बेबी शेरामी बालबालिकाको बेबी केयर फुल भेरियन्ट हो । यो ७० वर्ष पुरानो श्रीलंकन कम्पनी हो । क्वालिटी अत्यन्त राम्रो छ । बच्चाहरुलाई नयाँ प्रोडक्ट प्रयोग गर्न एकै पटक नरुचाउँने उपभोक्ता पनि बेबी शेरामीको प्याकेटबाटै आकर्षित हुन्छन् । मुल्यका हिसाबले हेमाजका प्रोडक्टहरु बहुराष्ट्रिय उत्पादनभन्दा सस्तो छन्, क्वालिटीमा त भारतीय उत्पादनभन्दा राम्रा छन् । हेमाजका प्रोडक्टहरु भारतमा समेत राम्ररी गइरहेको सलिनाको दावि छ । ‘भारतमै कति छ भन्न नसकेपनि बेस्ट वंगालमा मात्र मासिक ३–४ कन्टेनर गइरहेको छ ।’ उनी भन्छिन् ।
हेमाजका उत्पादनहरु बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास), स्किन केयर (साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल, स्याम्पु, कन्डिसनर, सिरम), सुगन्ध अत्तर र कोलोन दुबै (महिला,पुरुषका लागि) तथा स्यानिटरी न्यापकिन्स रहेको छ ।
सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा हेनाजको शुरुवात भएको थियो । यस ब्राण्डका उत्पादनहरु कोलोन, क्रीम, लोसन, स्याम्पु, साबन, पाउडर र अन्य बालबालीकाका उत्पादनहरु छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भईसकेको छ । श्रीलंकन उत्पादनहरु भारत, मलेशिया, माल्दिभ्स, पाकिस्तान, लेबनान, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेका छन् ।