सन्दीपको टोली सिलेट सिक्सर फेरि हार्यो

 

माघ ५। काठमाडौं। बंगलादेश प्रिमियर लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम सिलेट सिक्सर पराजित भएको छ । पहिलो चरणका ६ मध्ये चार खेल गुमाएको सिलेट शनिबार रङपुर राइडर्ससँग दोश्रो चरणको पहिलो खेलमा पनि ४ विकेटले पराजित भएको हो । 

सिलेटले प्रस्तुत गरेको १९५ रनको लक्ष्य राइडर्सले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । 

null

शनिबार चार ओभर बलिङ गर्दा २१ रन मात्रै दिए पनि सन्दीपले विकेट भने लिन सकेनन् ।  

सिलेटका लागि ४ ओभरमा ४२ रन खर्चिएर तास्किर अहमिदले ४ विकेट हात पर्दा मोहमद इर्फान र आलोक कपालीले समान एक विकेट लिए।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिलेटले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *