पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

 

साउन १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । 

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपश्चात् रिक्त भएको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई नियुक्त गरेका हुन् । 

null

पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएका थिए । अधिकारीको मृत्यु भएको ५ महिनापछि उक्त मन्त्रालयमा भट्टराईलाई नियुक्त गरिएको हो ।  

उनले आज दिउँसो ४ बजे सपथ लिनेछन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *