पीपलको रूखमा झुण्डिएकाे अवस्थामा महिलाको शव फेला

वैशाख १९, काठमाडौं । काठमाडौंको गौशाला नजिकै पर्ने कुमारीगालमा एक जना महिलाको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको छ । 

 

अन्दाजी ३५–४० वर्षकी जस्तो देखिने उक्त शव दावा शेर्पाको रहेको छ । स्थानिय घर खोटाङ भए पनी हाल उनी काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस्दै आईरहेको गौशाला प्रहरीले जनाएको छ । 

null

उनको शब पिपलको बोटमा डोरीको पासो लगाएर झुण्डीको अवस्थामा देखेपछी स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । 

घटनाको बारदातस्थल रिपोर्ट तयार पारी शवलाई पोस्टमार्टका लागि शिक्षण अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उनको हत्या भएको हो या उनले आत्माहत्या गरेकी हुन् पुष्टी हुन नसकेको यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *