तरहरामा प्रदेश स्तरिय बास्केटबल प्रतियोगिता हुने

सुनसरी, कात्तिक २७ । इटहरी स्थित तरहरामा १ नम्बर प्रदेश स्तरिय बास्केटबल प्रतियोगिता हुने भएको छ । इटहरी २० स्थित सगरमाथा युवा क्लवको आयोजनामा कात्तिक २७ गतेबाट ५ दिने प्रतियोगिता आयोजना हुने भएको हो । 

सहभागि प्रतिस्पर्धीहरुलाई नक–आउट फरम्याट अनुसार प्रतिस्पर्धा गराइने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । बास्केटबल प्रतियोगिता मोफसलकै पहिलो प्रदेश स्तरीय गर्न लागेको क्लवका संयोजक प्रदिप गुरुङले जानकारी दिए । 

 

null

प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार नगद शिल्ड, दोस्रोलाई १५ हजार नगद शिल्ड र मोस्ट भ्यालुएवल प्लेयरलाई नगद सहित पुरस्कृत गर्ने बताइएको छ । 

बास्केटबल प्रतियोगिता आयोजनाले युवाहरु बिच भाईचारा बढ्नुको साथै बास्केटबल खेलको विकास र १ नम्बर प्रदेशबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत गर्ने क्लबका सल्लाहकार सिजन गुरुङले बताए । 

खेल सम्पन्न गर्न तिन लाख अनुमानित खर्च लाग्ने र प्रतियोगितालाई जिल्ला बास्केटबल संघ सुनसरीले प्रविधिक सहयोग गर्ने छ । 

मंगलबारदेखि सुरु हुने खेलमा सुनसरी, मोरङ र झापाका १४ टिमले सहभागिता जनाउने छन् । खेल इटहरी २० स्थित सगरमाथा खेल मैदानको बास्केटबल कोर्टमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *