सिटिजन्स बैंकद्वारा श्री गलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

फागुन १९, काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका -९ तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।   

यस बैंकले आफ्नो सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु ५० हजार रकम विद्यालयलाइ  आर्थिक सहयोग गरेको हो ।   विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो ।  

उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

लामो समयदेखि दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिक रूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजना हुने कुरा बैंकले जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।  

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *